ग्राहक झुक्याएको आरोपमा एप्पललाई ५० लाख डलर जरिवाना
५ असार, काठमाडौं । अष्ट्रेलियाको एक अदालतले आइफोन निर्माता कम्पनी एप्पललाई पचास लाख अमेरिकी डलर (९० लाख अष्ट्रेलियन डलर) जरिवाना तिराउने फैसला गरेको छ ।
अष्ट्रेलियाको उपभोक्ता अनुगमन संस्थाले प्रयोगकर्ताबाट धेरै गुनासो आएपछि अमेरिकी टेक जायन्ट कम्पनीविरुद्ध अदालतमा मुद्दा हालेको थियो ।
एप्पलले बिग्रिएको आइफोन र आइप्याड बनाइदिनुपर्ने २७५ जना ग्राहकलाई झुक्याएकोे स्वीकारेको छ । अष्ट्रेलियाको फेडरल कोर्टले कम्पनीको यस्तो कार्यले उपभोक्ता अधिकारको हनन भएको ठहर गरेको छ । अनुसन्धान एप्पलको ‘एरर ५३’ पछि सुरु गरिएको थियो ।
यो त्रुटीको कारण प्रयोगकर्ताले सफ्टवेयर अपडेट गरेपछि धेरै आइफोन र आइप्याड नचल्ने भएका थिए ।
अष्ट्रेलियाको कम्पिटिसन एण्ड कन्जुमर कमिसन -एसीसीसी)ले भनेको छ, ‘जब प्रयोगकर्ताहरुले मर्मतको लागि कम्पनीमा आग्रह गर्थे एप्पलले उनीहरुको उपकरण तेस्रो पक्षले पहिले नै खोलेको भन्दै सहयोगको लागि अस्विकार गर्थ्यो ।’
‘एप्पलबाहेक अरु कसैले आइफोन र आइप्याड बनाएको अवस्थामा उपभोक्ता ग्यारेन्टी लागू गर्न बन्द नहुने तथ्य अदालतले घोषणा गरेको छ’ कमिसनर साराह कोर्टले मंगलबार भनिन् ।
सन् २०१६ मा पनि यस्तै समस्या देखिँदा एप्पललाई ‘एरर ५३’ ले नचल्ने भएका आइफोन बनाइदिन र माफी माग्न बाध्य बनाइएको थियो ।
२०७५ असार ५ गते १४:५२ मा प्रकाशित
ग्राहक झुक्याएको आरोपमा एप्पललाई ५० लाख डलर जरिवाना
काठमाडौं । भारत प्रशासित कश्मीरमा एक विद्यालयमा प्रधानाध्यापक र अर्का एक शिक्षकको हत्या भएको छ । बिहीबार एक व्यक्तिले सरकारी विद्यालयका
ग्राहक झुक्याएको आरोपमा एप्पललाई ५० लाख डलर जरिवाना
काठमाडौं– कोरोना भाइरस संक्रमण झेलिरहेको चीनमा यसबाट ज्यान गुमाउनेको संख्या ८२ पुगेको छ । झण्डै ३ हजार मानिस बिरामी परेका छन् । कोरोना भाइरसका
ग्राहक झुक्याएको आरोपमा एप्पललाई ५० लाख डलर जरिवाना
विश्वको सबैभन्दा धेरै प्रयोगकर्ता रहेको सोसल मिडिया साइट फेसबुकका प्रयोगकर्ताहरुले आधिकारिक समाचारको लागि फेसबुकको विकल्प खोज्न थालेको देखिएको छ

प्रतिकृया दिनुहोस