• बुधबार-४-१३-२०८३/ 29-Wednesday-2026
  • 04:38:20

नेपालसहित १६ देशमा भेटियो कोरोना भाइरस, ८२ जनाको मृत्यु

काठमाडौं– कोरोना भाइरस संक्रमण झेलिरहेको चीनमा यसबाट ज्यान गुमाउनेको संख्या ८२ पुगेको छ । झण्डै ३ हजार मानिस बिरामी परेका छन् ।

कोरोना भाइरसका कारण हुवेईमा सबैभन्दा धेरैको ज्यान गएको छ । बीबीसीको अनुसार हुवेईमा कोरोना भाइरसका कारण ज्यान गुमाउनेको संख्या ५६ बाट बढेर ७६ पुगेको छ । त्यस्तै, चीनका अन्य भागका ६ जनाको पनि कोरोनाका कारण ज्यान गएको पुष्टि भएको छ ।

चिनियाँ सरकारी अधिकारीहरूका अनुसार राजधानी बेइजिङमा कोरोनाका कारण पहिलोपटक एक व्यक्तिको ज्यान गएको छ । ५० वर्षीय एक व्यक्तिको राजधानी बेइजिङमा कोरोना संक्रमणका कारण ज्यान गएको हो ।

चिनियाँ नयाँ वर्षको अवसरमा सार्वजनिक बिदा थपेर आइतबारसम्मका लागि दिइएको छ । वुहानलगायतका सहरमा सार्वजनिक यातायात बन्द गरिएको छ । अन्य राज्य र सहरहरूमा पनि सावधानी अपनाइएको छ । प्रकोप न्यूनीकरणका निम्ति प्रयास जारी रहे पनि संक्रमतिसँगै मृतकको संख्या बढ्दै गएपछि चिन्ता व्यक्त हुन थालेको छ ।

चीनबाहिरका अन्य राष्ट्रमा पनि कारोना भाइरसको संक्रमण देखिएको छ । बीबीसीका अनुसार, जर्मनी, अमेरिका र अष्ट्रेलियामा ४४ बिरामी भेटिएका छन् । त्यस्तै, थाइल्यान्डमा ८, ताइवान, मलेसिया र दक्षिण कोरियामा ४, फ्रान्स र जापानमा ३, भियतनाममा २ बिरामी फेला परेका छन् । नेपाल, क्यानडा, कोलम्बिया र श्रीलंकामा पनि कारोना भाइरसका बिरामी भेटिएको विश्व स्वास्थ्य संगठनले जनाएको छ । बेलायतका ७३ जनामा परीक्षण गरिएकोमा त्यहाँ भने कसैमा पनि संक्रमण नदेखिएको समाचारमा जनाएको छ ।

यद्यपि, यही भाइरसका कारण चीनभन्दा बाहिर भने अहिलेसम्म कसैले पनि ज्यान गुमाउनु परेको छैन ।–अनलाइनखबरबाट

प्रतिकृया दिनुहोस

नेपालसहित १६ देशमा भेटियो कोरोना भाइरस, ८२ जनाको मृत्यु

काठमाडौं । भारत प्रशासित कश्मीरमा एक विद्यालयमा प्रधानाध्यापक र अर्का एक शिक्षकको हत्या भएको छ । बिहीबार एक व्यक्तिले सरकारी विद्यालयका

नेपालसहित १६ देशमा भेटियो कोरोना भाइरस, ८२ जनाको मृत्यु

विश्वको सबैभन्दा धेरै प्रयोगकर्ता रहेको सोसल मिडिया साइट फेसबुकका प्रयोगकर्ताहरुले आधिकारिक समाचारको लागि फेसबुकको विकल्प खोज्न थालेको देखिएको छ

नेपालसहित १६ देशमा भेटियो कोरोना भाइरस, ८२ जनाको मृत्यु

हालै ह्वाट्सएपले आफ्नो मोबाइल डिभाइस सपोर्ट पेज अपडेट गरेको छ । साथै उसले ह्वाट्सएपको सपोर्ट बन्द भएका तथा हुन लागेका स्मार्टफोन डिभाइसहरुको सूचि