• शुक्रबार-६-२-२०८३/ 18-Friday-2026
  • 03:05:23

सप्तरी र धनुषामा सवारी दुर्घटना हुदाँ  ५ जनाको मृत्यु २४ जना घाईते 

जनकपुरधाम । प्रदेश २ को सप्तरी र धनुषामा भएको सवारी दुर्घटनामा ५ जनाको मृत्यु भएको छ । सप्तरीको कंचनरुपमा बिहीबार बसले हायसलाई ठक्कर दिँदा २ जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् ।
कंचनरुप नगरपालिका वडा नम्बर ८ बेरियरस्थित पूर्व पश्चिम राजमार्गमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना. ५ ख ४६९२ नम्वरको बसले विपरीत दिशाबाट जाँदै गरेको बा ४ ख ५०७९ नम्वरको हायस गाडीलाई ठक्कर दिंदा दुर्घटना भएको प्रहरीले जनाएको छ । उक्त दुर्घटनामा हायसमा सवार काठमाण्डौ महानगरपालिका बस्ने ४० बर्षीय गृषमान सिंहको घटनास्थलमै मृत्यु भएको सप्तरी प्रहरीले जनाएको छ । 
यस्तै, घाइते भएका मोरंगको बिराटनगर महानगरपालिका वडा नम्वर ३ बस्ने ४१ बर्षीय चुडा बहादुर बस्नेतलाई उपचारको लागि विराटनगर तर्फ लैजादै गर्दा बाटोमै मृत्यु भएको हो । 
उक्त दुर्घटनामा काठमाण्डौ क्षेत्रपाटी बस्ने ४२ बर्षीय नाम नखुलेको पुरूषसहित ६ जना घाइते भएका छन् । काठमाडौंका पुरुषको अवस्था गम्भीर रहेको र उनको विराटनगरमा उपचार भइरहेको छ । अन्य ५् जनाको अवस्था सामान्य रहेको सप्तरीका प्रहरी प्रबक्ता एवं डीएसपी माधव प्रसाद काफ्ले जानकारी दिए ।
त्यस्तै, शम्भुनाथ नगरपालिका ५ मोहनपुरमा विग्रिएर रोकी राखेको बसमा मोटरसाइकल ठोक्किदा मोटरसाइकल चालकको मृत्यु भएको छ । 
दुर्घटनामा मोटरसाइकल चालक सप्तरीकै डाक्नेश्वरी नगरपालिका वडा नम्वर १ कविलासका २८ वर्षीय भुपेन्द्र चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
ना ५ ख ८० १० नम्बरको यात्रुबाहक बस बिग्रिएर रोकी राखेको थियो । त्यही बसमा प्रदेश २–०१–००१ प २९ ७१ नम्बरको मोटरसाइकल ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकल चालक चौधरीको उपचारको क्रममा गजेन्द्र नारायण सिंह अस्पताल राजविराजमा मृत्यु भएको हो । दुबै सवारी साधन सहित बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको प्रहरी प्रवक्ता काफ्लेले बताए ।
यसैगरी धनुषाको विदेह नगरपालिकामा ट्याक्टर दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने १८ जना घाइते भएका छन् ।
कमला नदीमा कात्तिक स्नान गर्न गइरहेका तिर्थ यात्री सबार ट्याक्टर विदेश नगरपालिका वडा नम्वर ७ मा पल्टिएर दुर्घटना भएको धनुषा प्रहरीले जनाएको छ । 
दुर्घटनामा परेको ट्याक्टरको नम्बर खुल्न नसकेको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा भारतको सितामढीका अम्बिका देवी र रामदयाल यादव रहेको धनुषाका प्रहरीका प्रबक्ता एवं डीएसपी जितेन्द्र बस्नेतले जानकारी दिए ।
घाइते दुबै जनालाई उपचारका लागि ल्याउँदै गर्दा बाटोमा नै मृत्यु भएको प्रहरीले जनाएको छ । 
दुर्घटनामा घाइते भएकाहरुको प्रादेशिक अस्पताल जनकपुरधाम उपचार भई रहेको प्रहरी प्रवक्ता बस्नेतले बताए । 
भारतको सितामढीबाट धनुषाको कमला नदीमा कात्तिक पूर्णिमाका अवसरमा लाग्ने भूत मेलामा सहभागी हुन उनीहरु आइरहेका थिए । घाइते भएकाहरुको अनुसार ट्याक्टर ओभर टेक गर्ने क्रममा दुर्घटना भएको हो । 
 

प्रतिकृया दिनुहोस

सप्तरी र धनुषामा सवारी दुर्घटना हुदाँ  ५ जनाको मृत्यु २४ जना घाईते 

आई प्रतिनिधि सभाके बैठकमे बाजैत डा. राउत राष्ट्रपति आ प्रधानमन्त्री सहितके पदके लेल नोचानोजी करबा हेतु मातर मात्र राष्ट्रिय सहमतिके चर्चा भ रहल

सप्तरी र धनुषामा सवारी दुर्घटना हुदाँ  ५ जनाको मृत्यु २४ जना घाईते 

सिरहा । धनुषाको पूर्वी सिमानामा पर्ने कमला नदीमा बिहीबारदेखि धामी–झाँक्रीसहितको भूत मेला सुरु भएको छ । प्रदेश २ को धनुषा र सिरहा जिल्ला छुट्याउने

सप्तरी र धनुषामा सवारी दुर्घटना हुदाँ  ५ जनाको मृत्यु २४ जना घाईते 

राजविराज । सप्तरीमा गोरुगाडा दौड प्रतियोगिताको सम्पन्न भएको छ ।  जिल्लाको खडक नगरपालिका र बोदे बर्साइन नगरपालिकाको बीचमा पर्ने खडक नदीमा नवाह