• बिहीबार-७-२०-२०८३/ 05-Thursday-2026
  • 03:31:55

जनमत पार्टीद्वारा सिटी जुलुस प्रदर्शन

राजविराज । डा.सिके राउत नेतृत्वको जनमत पार्टीले सोमबार प्रदेश २ का जिल्लाहरुमा सिटी जुलुस प्रदर्शन गरेको छ ।
पूर्वनिर्धारित कार्यक्रमअन्तर्गत जनकपुरधाम सहित ८ वटै जिल्लाका सदरमुकामहरुमा जनमत पार्टीका नेता कार्यकर्ताहरुले सिटी जुलुस प्रदर्शन गरेका हुन् ।
पक्राउ परेका आफ्ना नेता कार्यकर्ताहरुको रिहाइ र भ्रष्टाचारीलाई कारबाहीको माग गर्दै जनमतले प्रदर्शन गरेको हो ।
जनमत पार्टीले भोली (मंगलबार) पालिकाहरुमा बाइक रैली गर्दै नारा माइकिङ्ग गराउने, बुधबार मशाल जुलुस निकाल्ने, बिहीबार वडामा युवा दस्ता प्रशिक्षण दिने, आरपार आन्दोलन गर्न तयारी गर्ने, शुक्रबार जिल्ला सदरमुकाममा मशाल जुलुस निकाल्ने, कार्तिक १३ गते शनिबार अधिवेशनका कार्यक्रमहरू सम्पन्न गर्ने  घोषणा गरिसकेका छन् ।
कार्तिक १४ गते आइतबार केन्द्रीय कार्यकारिणी समिति र जिल्ला कार्यकारिणी समितिको बैठकले आन्दोलन समीक्षा गरी आन्दोलनको थप कार्यक्रम ल्याउने, कार्तिक १५ गते सोमबार गाउँपालिकाको ठूलो बजार र हटियाहरूमा कोणसभा गरेर आन्दोलनका मागहरू जनता समक्ष अवगत गराउने र कार्तिक १६ गते मंगलबार वडा तथा टोलहरूमा कोणसभा र अन्तरक्रिया कार्यक्रमहरू गरेर माग जनता समक्ष अवगत गराउने, सबै जनता आन्दोलनमा आउने गरी सर्वपक्षीय जनआन्दोलनको तयारी गर्ने कार्यक्रम निर्धारण गरेको छ ।
गत बिहीबार संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना कार्यालय जनकपुरधामका निमित्त प्रमुख राजेश कुशवाहा माथि जनमत पार्टीका कार्यकर्ताहरुले दुर्व्यवहार गरेपछि प्रहरीले जनमतका १७ जना नेता कार्यकर्तालाई पक्राउ गरि मुद्दा चलाएको छ ।
 

प्रतिकृया दिनुहोस

जनमत पार्टीद्वारा सिटी जुलुस प्रदर्शन

आई प्रतिनिधि सभाके बैठकमे बाजैत डा. राउत राष्ट्रपति आ प्रधानमन्त्री सहितके पदके लेल नोचानोजी करबा हेतु मातर मात्र राष्ट्रिय सहमतिके चर्चा भ रहल

जनमत पार्टीद्वारा सिटी जुलुस प्रदर्शन

जनकपुरधाम । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले न्यायालयको समस्या न्यायालयबाटै समाधान हुनुपर्ने बताएका छन् । बुधबार

जनमत पार्टीद्वारा सिटी जुलुस प्रदर्शन

जनकपुरधाम । खानेपानी तथा ढल व्यवस्थापन आयोजना जनकपुर कार्यालयका निमित्त प्रमुख राजेश्वर कुशवाहालाई अर्धनग्न पारी बजार घुमाएपछि पक्राउ परेका सिके

↑