• बुधबार-४-१३-२०८३/ 29-Wednesday-2026
  • 05:34:33

जनमत पार्टीका १७ जना कार्यकर्ता १ लाख धरौटीमा छुटे

जनकपुरधाम । खानेपानी तथा ढल व्यवस्थापन आयोजना जनकपुर कार्यालयका निमित्त प्रमुख राजेश्वर कुशवाहालाई अर्धनग्न पारी बजार घुमाएपछि पक्राउ परेका सिके राउत नेतृत्वको जनमत पार्टीका कार्यकर्ताहरु धरौटीमा छुटेका छन् ।
गत कार्तिक ४ गते दिउँसो लाठी र बाँसको भाटासहित कार्यालय पुगेका राउतको पार्टीका कार्यकर्ताले इञ्जिनियर कुशवाहले लगाएको कपडा च्यातेर, शरीरमा हिलो छ्यापेर अर्धनग्न पारी बजार घुमाएमा थिए।
इन्जिनियर कुशवाहालाई कालोमोसो दल्ने सिके राउतका १७ जना कार्यकर्ताविरुद्ध मुद्दा दर्ता जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार उक्त घटनामा प्रहरीले १७ जनालाई पक्राउ गरी अपराधिक अभद्र र अमानवीय व्यवहार मुद्दा चलाएको थियो । प्रहरीका अनुसार जिल्ला अदालत धनुषाको आदेशमा पक्राउ परेका १७ जनामध्ये ७ जना एक लाख र १० जना ५० हजार धरौटीमा छुटेको हुन् ।
पक्राउ पर्नेहरुमा पार्टीका केन्द्रीय सदस्य वीरेन्द्र महतो, धनुषा अध्यक्ष ओमविक्रम कुशवाहा, सर्लाहीका सदस्य दुर्योधन यादव, प्रेमकिशोर यादव, विद्यार्थी जनमत संघका अध्यक्ष विजय यादवलगायतका नेता तथा कार्यकर्ताहरु रहेका थिए ।
 

प्रतिकृया दिनुहोस

जनमत पार्टीका १७ जना कार्यकर्ता १ लाख धरौटीमा छुटे

आई प्रतिनिधि सभाके बैठकमे बाजैत डा. राउत राष्ट्रपति आ प्रधानमन्त्री सहितके पदके लेल नोचानोजी करबा हेतु मातर मात्र राष्ट्रिय सहमतिके चर्चा भ रहल

जनमत पार्टीका १७ जना कार्यकर्ता १ लाख धरौटीमा छुटे

जनकपुरधाम । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले न्यायालयको समस्या न्यायालयबाटै समाधान हुनुपर्ने बताएका छन् । बुधबार

जनमत पार्टीका १७ जना कार्यकर्ता १ लाख धरौटीमा छुटे

सप्तरी । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले अधिकार प्राप्तिको लडाई अझै जारी रहेको बताएका छ्न ।  कंचनपुरमा मंगलबार आयोजित संगठन