सप्तकोशीमा डोजर बोकेको ट्रक खस्यो, दुईको मृत्यु
३ जनालार्इ बिराट नर्सिङ होम लगियो
सप्तकोशी । फाइल फोटो
६ असार, काठमाडौं । सुनसरीस्थित कोशी ब्यारेजको पुलमा ठोक्किएर जेसीबी डोजर बोकेको ट्रक नदीमा खसेको छ । घटनामा दुई जनाको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रमुख उपरीक्षक राजन अधिकारीले अनलाइनखबरलाई दिएको जानकारी अनुसार मृत्यु हुनेमा डोजर चालक बराहा नगरपालिका-१ का बिनोद बराइली र ट्रक चालक सुनसरी रामधुनी नगरपालिका-१ झुम्काका घनश्याम चौधरी छन् ।
अधिकारीका अनुसार पश्चिमबाट पूर्वतर्फ गइरहेको ना ४ ख ३५६ नम्बरको ट्रक ब्यारेजको २० र २१ नम्बर ढोकामा ठोक्किँदै नदीमा खसेको थियो । घटनामा ९ जनालाई उद्दार गरिएको थियो ।
तर, २ जनालाई इनरुवास्थित जिल्ला सरकारी अस्पताल पुर्याउने वित्तिकै चिकित्सकहरुले मृत घोषणा गरेका थिए । घाइते मध्ये ३ जनालाई थप उपचारका लागि बिराटनगरस्थित बिराट नर्सिङ होम लगिएको छ ।
२०७५ असार ६ गते १४:३६ मा प्रकाशित
सप्तकोशीमा डोजर बोकेको ट्रक खस्यो, दुईको मृत्यु
भातृ संगठनमा लगातार पराजयले अग्रिम महाधिवेशनको माग बलियो बन्दै ३ असार, काठमाडौं । ट्रेड युनियन कांग्रेसको नयाँ नेतृत्वको चुनावको मनोनयन भइसकेपछि
सप्तकोशीमा डोजर बोकेको ट्रक खस्यो, दुईको मृत्यु
चीन र भारतको हल्ला गरेर जनताका समस्या ओझेलमा नपारियोस् अरूण बराल केपी ओलीका दुई विकल्प : मन्त्रीहरु फेर्ने कि घण्टी बजाएर बस्ने ? चीन र भारतको
सप्तकोशीमा डोजर बोकेको ट्रक खस्यो, दुईको मृत्यु
रतन भण्डारी पूर्वप्रधानमन्त्री तथा नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणको

प्रतिकृया दिनुहोस