शिशुको नाम छनोट गर्न जनमत संग्रह !

लोकतन्त्रमा जनताको छनोटको अधिकारलाई सुनिश्चित गर्न विभिन्न खालका चुनाव तथा जनमत संग्रहको आयोजना गरिन्छ । देशमा विभिन्न राजनीतिक विषयमा छिनोफानो गर्न पनि जनमत संग्रह हुनसक्छ । तर भारतको महाराष्ट्रस्थित गोदिया जिल्लामा एउटा अनौठो उद्देश्यका  लागि चुनाव भएको छ ।

त्यहाँको एक दम्पतिले आफ्नो नवजात शिशुको नामाकरण गर्नका लागि जनमत संग्रहको आयोजना गरेका छन् ।

मिथुन बांग र मानसी बांगले गत अप्रिल ५ मा जन्मिएको आफ्नो छोराको उपयुक्त नामकरण गर्नका लागि आफ्ना परिवार, साथीभाई तथा नातेदारको बीचमा जनमत संग्रह गराएका हुन् ।

जुन १५ दिन भएको मतदानमा बांग परिवारका सदस्यहरु, मित्रजन, आफन्त तथा नातेदारहरु मतदाताको रुपमा रहेका थिए ।

रोचक कुरा त के भने उक्त जनमत संग्रहमा पूर्व सांसद नाना पटोले पनि सहभागी भएका थिए ।

जनमत संग्रहमा बच्चाका लागि विभिन्न ३ वटा नाममध्ये आफूलाई सबैभन्दा उपयुक्त लाग्ने नाम छान्न मतदाताहरुलाई विकल्प दिइएको थियो । विकल्पको रुपमा रहेका तीनवटा नामहरु यक्ष, युवान र यौविक थिए ।

जनमत संग्रहमा कूल १ सय ९२ भोट खसे । जसमध्ये ९२ भोटसहित युवान नाम सबैभन्दा धेरै मतदाताको छनोटमा पर्यो । अन्ततः दम्पत्तिले आफ्नो छोराको नाम युवान राखेका छन् ।

एजेन्सी

२०७५ असार ६ गते ७:३१ मा प्रकाशित

प्रतिकृया दिनुहोस

शिशुको नाम छनोट गर्न जनमत संग्रह !

विश्वको सबैभन्दा धेरै प्रयोगकर्ता रहेको सोसल मिडिया साइट फेसबुकका प्रयोगकर्ताहरुले आधिकारिक समाचारको लागि फेसबुकको विकल्प खोज्न थालेको देखिएको छ

शिशुको नाम छनोट गर्न जनमत संग्रह !

हालै ह्वाट्सएपले आफ्नो मोबाइल डिभाइस सपोर्ट पेज अपडेट गरेको छ । साथै उसले ह्वाट्सएपको सपोर्ट बन्द भएका तथा हुन लागेका स्मार्टफोन डिभाइसहरुको सूचि

शिशुको नाम छनोट गर्न जनमत संग्रह !

मोबाइल फोन पड्किएर दुर्घटना भएका खबर सायद सुन्नुभएकै होला । कहिले कुनै नम्बरबाट फोन आएर मोबाइलको घण्टी बजिरहेको बेलामा त कहिले चार्ज गरिरहेको बेलामा

http://bhorukawafm.org.np/