• मंगलबार-१२-६-२०८०/ 19-Tuesday-2024
  • 08:22:53

समर्थकले सोचेजस्तो जित्न सहज हुँदैन, सबै टिम राम्रा छन्ः काउटिन्हो

काठमाडौं । विश्वकपको पहिलो खेलमा स्वीट्जरल्याण्डसँग १-१ को बराबरीमा रोकिए पनि अघिल्लो चरणमा जान चिन्ता नरहेको ब्राजिलियन खेलाडीले बताएका छन् । संघर्षपूर्ण रहेको पहिलो खेलमा बराबरी भए पनि अघिल्लो चरणमा पुग्न प्रशिक्षक टिटे पनि विश्वस्त देखिन्छन् ।

विश्वकपको समूह ‘ई’ मा ब्राजिल र स्वीट्जरल्याण्डसँगै कोस्टारिका र सर्बिया रहेका छन् । पहिलो खेलमा सर्बियाले कोस्टारिकालाई १-० ले हराएको थियो ।

आफूहरुलाई नकआउट चरणमा पुग्न कुनै चिन्ता नरहेको मिडफिल्डर फिलिप काउटिन्होले पनि बताएका छन् । उनैले पहिलो खेलमा स्वीट्जरल्याण्डविरुद्ध गोल गरेका थिए ।

सोमबार कोष्टारिकासँग हुने खेलको तयारीमा रहेका उनले भनेका छन्, ‘हामीले पहिलो खेलमा भन्दा धेरै सुधार गर्नुपर्छ । किनकी हरेक खेल फाइनल सरह छ । हामी तीन अंकका लागि खेल्छौं ।’

‘हामीले सम्भावनाका विषयमा कुरा गरेका छौँ । कसरी राम्रो गर्ने भन्ने कुरा गरेका छौँ । हामी जित्ने पर्ने दबाब महशुस नगरे पनि मैदानमा जाँदा जित्नकै लागि खेल्नेछौँ’ उनले भने ।

पाँच पटकको विश्व च्याम्पियन ब्राजिललाई प्रतियोगिता अघि उपाधिको प्रमुख दावेदार मानिएको थियो । ‘धेरै समर्थकले सोच्छन् कि ब्राजिलले सहजै जित्छ र धेरै गोल गर्छ’ काउटिन्होले भने, ‘सबै खेल कठिन छ । हरेक टिमले विश्वकपका लागि राम्रो तयारी गरेका छन् । हामीले सबै खेलमा सय प्रतिशत मेहनत गर्नुपर्छ ।’

गोडाको चोट बल्झिएर अभ्यास छाडेका स्टार खेलाडी नेइमार खेल्न सक्छन् सक्दैनन् भन्ने विषयले भने ब्राजिलियन टिममा दबाब बढेको छ ।

प्रतिकृया दिनुहोस

समर्थकले सोचेजस्तो जित्न सहज हुँदैन, सबै टिम राम्रा छन्ः काउटिन्हो

६ असार, काठमाडौं । नेपालसँग मैत्रीपूर्ण क्रिकेट खेल खेल्ने बेलायतको चर्चित क्लब मेरिलेबोन क्रिकेट क्लब (एमसीसी) को नेतृत्व श्रीलंकाका पूर्वकप्तान

समर्थकले सोचेजस्तो जित्न सहज हुँदैन, सबै टिम राम्रा छन्ः काउटिन्हो

काठमाडौं । विश्वकपको पहिलो खेलमा स्वीट्जरल्याण्डसँग १-१ को बराबरीमा रोकिए पनि अघिल्लो चरणमा जान चिन्ता नरहेको ब्राजिलियन खेलाडीले बताएका छन् ।

समर्थकले सोचेजस्तो जित्न सहज हुँदैन, सबै टिम राम्रा छन्ः काउटिन्हो

काठमाडौं । रुस विश्वकपको पहिलो खेलमै मेक्सिकोसँग अप्रत्यासित हार व्यहोरेको साविक विजेता जर्मनीका खेलाडीहरु बुधबार अभ्यासका क्रममा केही फरक देखिए