• मंगलबार-१२-६-२०८०/ 19-Tuesday-2024
  • 04:37:19

‘म पनि पेनाल्टी मिस गरेकै म्याराडोना हुँ, मेस्सीको दोष छैन’

काठमाडौं । अर्जेन्टिनाका लेजेण्ड फुटबलर डिएगो म्याराडोनाले विश्वकपको पहिलो खेलमै पेनाल्टीमा मिस गरेका लिओनल मेस्सीको बचाउ गरेका छन् ।

पेनाल्टीमा गोल नगर्नु सामान्य भएको उनले बताए । ‘मैले स्पेनमा पाँचपटक पेनाल्टी मिस गरेको छु र पनि अहिलेसम्म म डिएगो अर्मान्डो म्याराडोना नै छु’ उनले भनेका छन्, ‘मेस्सीले पेनाल्टीमा गोल गर्न नसकेकै कारण अर्जेन्टिनाले दुई अंक गुमायो भन्ने मलाई लाग्दैन ।’

विश्वकपको पहिलो खेलमा आइसरल्याण्डसँग १-१ को बराबरी खेल्दा मेस्सीले पेनाल्टी मिस गरेका थिए । खेल १-१ को बराबरी भएको अवस्थामा पाएको पेनाल्टीमा मेस्सीको प्रहार विपक्षी गोलरक्षकले रोखेका थिए ।

म्याराडोनाले भने अर्जेन्टिनाको कमजोर प्रदर्शनमा प्रशिक्षक जर्ज साम्पाओलीलाई दोषी देखाएका छन् ।

आगामी खेलमा आइसल्याण्डसँग जस्तो गल्ती नगर्न पनि सुझाए । ‘यस्तै खेलले साम्पाओली अर्जेन्टिना र्फकन सक्दैनन् । आगामी खेलमा उनले सुधार गरुन्’ म्याराडोनाले भनेका छन् ।

पहिलो पटक विश्वकप खेलिरहेको आइसल्याण्डले अर्जेन्टिनाले बराबरी खेल्दा म्याराडोनाले स्पार्टक रंगशालमै थिए । खेलमा १९ औँ मिनेटमा सर्जियो अग्युरोको गोबलाट अग्रता लिएको थियो । तर, केही मिनेटपछि अल्फ्रेड फिन्बोगासनले आइसल्याण्डका लागि बराबरी गोल फर्काए ।

आइसल्याण्डसँगको बराबरी अर्जेन्टिनी टिमका लागि लाज र अपमानको कुरा भने नभएको उनको भनाइ छ । तर, आइसल्याण्डका सबै खेलाडी १.९० मिटर अग्ला छन् भन्ने थाहा हुँदाहुँदै पनि त्यस अनुसार तयारी नगर्नु प्रशिक्षकको कमजारी भएको उनले बताएका छन् ।

सन् १९८६ को विश्वकप जितेका म्याराडोनाले भेनेजुएलाको टेलिभिजनसँग भनेका छन्, ‘मैले उनीहरुको मनमा आक्रोशको भावना रहेको बुझें ।’

मेस्सीले त्यो खेलमा आˆनो प्रतिस्पर्धी मानिने क्रिष्टियानो रोनाल्डोले अघिल्लो दिन हृयाटि्रक गरेर पारेको प्रभावजस्तै प्रभाव कायम गर्न चाहन्थे । तर मेस्सीले ६३ औँ मिनेटमा पाएको पेनाल्टीमा गोल गर्न सकेनन् । मेस्सीले निकै संगठित देखिएको आइसल्याण्डको रक्षापंक्तिलाई तोड्न सकेनन् ।

म्याराडोनाले भने, ‘म खेलाडीलाई दोष लगाउँदिन । हो स्तरमा केही कमजोरी भयो । तर खेलाडीलाई दोष दिने ठाउँ छैन । मेस्सीको कुरा गर्दा उनले आफूसँग भएको सबै कुरा त्यो खेलमा दिएका थिए ।’

५७ वर्षका म्याराडोनाको प्रशिक्षणमा अर्जेन्टिना सन् २०१० मा दक्षिण अपि|mकामा भएको विश्वकपमा क्वाटरफाइनलसम्म पुगेको थियो । अर्जेन्टिनाले आˆनो दोस्रो खेलमा आउँदो जुन २१ म्ा क्रोएसियासँग खेल्नेछ ।

प्रतिकृया दिनुहोस

‘म पनि पेनाल्टी मिस गरेकै म्याराडोना हुँ, मेस्सीको दोष छैन’

६ असार, काठमाडौं । नेपालसँग मैत्रीपूर्ण क्रिकेट खेल खेल्ने बेलायतको चर्चित क्लब मेरिलेबोन क्रिकेट क्लब (एमसीसी) को नेतृत्व श्रीलंकाका पूर्वकप्तान

‘म पनि पेनाल्टी मिस गरेकै म्याराडोना हुँ, मेस्सीको दोष छैन’

काठमाडौं । विश्वकपको पहिलो खेलमा स्वीट्जरल्याण्डसँग १-१ को बराबरीमा रोकिए पनि अघिल्लो चरणमा जान चिन्ता नरहेको ब्राजिलियन खेलाडीले बताएका छन् ।

‘म पनि पेनाल्टी मिस गरेकै म्याराडोना हुँ, मेस्सीको दोष छैन’

काठमाडौं । विश्वकपको पहिलो खेलमा स्वीट्जरल्याण्डसँग १-१ को बराबरीमा रोकिए पनि अघिल्लो चरणमा जान चिन्ता नरहेको ब्राजिलियन खेलाडीले बताएका छन् ।