• मंगलबार-१२-६-२०८०/ 19-Tuesday-2024
  • 12:21:10

फेसबुकबाट ह्वाट्सएपमा किन सर्दैछन् प्रयोगकर्ता ?

विश्वको सबैभन्दा धेरै प्रयोगकर्ता रहेको सोसल मिडिया साइट फेसबुकका प्रयोगकर्ताहरुले आधिकारिक समाचारको लागि फेसबुकको विकल्प खोज्न थालेको देखिएको छ । एक अध्ययनका अनुसार समाचार स्रोतहरुका लागि फेसबुकजस्ता सोसल मिडिया प्रयोगकर्ताहरु क्रमशः ह्वाट्सएप जस्ता मेसेजिंग एपको प्रयोग गर्न थालेका छन् ।

रोयटर्स इन्स्टिच्यूटले विश्वका ५ महादेशका ३७ वटा देशमा अध्ययन गरी यस विषयमा प्रतिवेदन तयार गरेको छ । रिपोर्ट अनुसार, समाचार थाहा पाउनका लागि सोसल मिडियाको भर पर्ने अमेरिकीहरुको संख्यामा ६ प्रतिशतले गिरवाट आएको छ ।

बीबीसी न्यूज वेबसाइटका संस्थापक संस्थापक मध्येका एक निक न्यूम्यानका अनुसार फेसबुकमा समाचार शेयर गर्ने, पोष्ट गर्ने तथा पत्ता लगाउने कार्यमै कमी आएसँगै यसबाट समाचार थाहा पाउनेको संख्या पनि घटेको हो ।

करोडौँ प्रयोगकर्ताका डाटाहरु चोरी भएको घटना सार्वजनिक भएपछि फेसबुकले पछिल्लो समयमा प्रयोगकर्ताको आलोचना र अविश्वास खेपिरहनु परेको छ । यसलाई फेसबुक इतिहासकै सबैभन्दा खराब जनसम्बन्धको क्षति मानिएको छ ।

प्रयोगकर्ताले फेसबुकमाथि विश्वास गर्न छाड्ने क्रम बढेको र फेसबुक प्रयोगकर्ताहरुले ह्वाट्सएप, इन्स्टाग्राम लगायतका एपहरुमा धेरै समय बिताउन थालेको अध्ययनले देखाएको छ ।

एक अध्ययन अनुसार मलेसियामा ५४ प्रतिशत मानिसले ह्वाट्सएपलाई समाचारको श्रोतको रुपमा प्रयोग गर्ने ग्रेका छन् । त्यस्तै ब्राजिलमा ४८ प्रतिशत, स्पेनमा ३६ प्रतिशत र टर्कीमा ३० प्रतिशत मानिसले ह्वाट्सएपलाई समाचारका लागि पनि प्रयोग गर्ने गरेको पाइएको छ ।

एक अर्को अध्ययन अनुसार एसिया र दक्षिण अमेरिकामा इन्स्टाग्रामले पनि लोकप्रियता बढाइरहेको छ भने युरोप र अमेरिकामा स्नाप च्याटले प्रगति गरिरहेको छ ।

रिपोर्ट अनुसार केवल २३ प्रतिशत मानिसले मात्र सोसल मिडियामा देखा परेको समाचारमा विश्वास गर्ने गरेको पाइएको छ ।

त्यस्तै बेलायत, जर्मनी तथा अमेरिका जस्ता देशमा उल्लेख्य मात्रामा मानिसहरुले समाचारका लागि अमेजन इको तथा गुगल होम जस्ता डिजिटल एसिस्टेन्ट प्रविधिको उपयोग गर्ने ग्रेको पनि रिपोर्टमा उल्लेख छ ।

एजेन्सी

२०७५ असार १ गते ११:५४ मा प्रकाशित

प्रतिकृया दिनुहोस

फेसबुकबाट ह्वाट्सएपमा किन सर्दैछन् प्रयोगकर्ता ?

हालै ह्वाट्सएपले आफ्नो मोबाइल डिभाइस सपोर्ट पेज अपडेट गरेको छ । साथै उसले ह्वाट्सएपको सपोर्ट बन्द भएका तथा हुन लागेका स्मार्टफोन डिभाइसहरुको सूचि

फेसबुकबाट ह्वाट्सएपमा किन सर्दैछन् प्रयोगकर्ता ?

मोबाइल फोन पड्किएर दुर्घटना भएका खबर सायद सुन्नुभएकै होला । कहिले कुनै नम्बरबाट फोन आएर मोबाइलको घण्टी बजिरहेको बेलामा त कहिले चार्ज गरिरहेको बेलामा

फेसबुकबाट ह्वाट्सएपमा किन सर्दैछन् प्रयोगकर्ता ?

लोकतन्त्रमा जनताको छनोटको अधिकारलाई सुनिश्चित गर्न विभिन्न खालका चुनाव तथा जनमत संग्रहको आयोजना गरिन्छ । देशमा विभिन्न राजनीतिक विषयमा छिनोफानो