• मंगलबार-१२-६-२०८०/ 19-Tuesday-2024
  • 04:10:28

यी हुन् ह्वाट्सएप सपोर्ट नगर्ने स्मार्टफोनहरु

हालै ह्वाट्सएपले आफ्नो मोबाइल डिभाइस सपोर्ट पेज अपडेट गरेको छ । साथै उसले ह्वाट्सएपको सपोर्ट बन्द भएका तथा हुन लागेका स्मार्टफोन डिभाइसहरुको सूचि पनि नविकरण गरेको छ । यसका साथै यो वर्ष सन् २०१८ को अत्त्यसँगै ह्वाट्सएपको सपोर्ट पनि अन्त्य हुने थप डिभाइसको सूचि पनि उसले सार्वजनिक गरेको छ ।

यो वर्षका सुरुमा पनि ह्वाट्सएपले केही पूराना स्मार्टफोन अपरेटिंग सिस्टमहरुका लागि ह्वाट्सएपको सपोर्ट बन्द गरेको थियो । फेसबुकले हालै सार्वजनिक गरेको नयाँ विवरण अनुसार अब ह्वाट्सएप सपोर्ट बन्द हुन लागेका स्मार्टफोन यी हुन्ः

· नोकिया एस ४० अपरेटिंग सिस्टममा चलिरहेका स्मार्टफोनलाई ह्वाट्सएपले आगामी डिसेम्बर ३१ बाट सपोर्ट गर्न छाड्नेछ । यो अपरेटिंग सिस्टममा नोकिया आशा सिरिजका केही लोकपि्रय स्मार्टफोन रहेका छन् । त्यस्तै नोकिया सिम्बियन एस६० अपरेटिंग सिस्टमलाई पनि ह्वाट्सएप सपोर्ट रहनेछैन ।

· एन्ड्रोइड २.३.३ भन्दा पूराना भर्सनका अपरेटिंग सिस्टमवाला स्मार्टफोनको सपोर्ट पनि ह्वाट्सएपले बन्द गर्दैछ ।

· ह्वाट्सएपले आइफोन थ्री जी एस का साथै आइओएस सिक्सबाट चल्ने डिभाइसको सपोर्ट पनि अन्त्य गरेको छ ।

· ब्लाकबेरी ओएस र ब्लाकबेरी १० मा पनि ह्वाट्सएपको सपोर्ट अन्त्य भैसकेको छ । ब्लाकबेरी १० का प्रयोगकर्ताले गत जनवरीमा अन्त्य प्लेटर्फममा जानका लागि दुई हप्ताको मौका समय पाएका थिए ।

· विन्डोज ८ तथा त्यसभन्दा पूराना भर्समा ह्वाट्सएपको सपोर्ट गत जनवरीमै अन्त्य भएको थियो ।

· एन्ड्रोइड जिन्जरब्रेड अपरेटिंग सिस्टमवाला डिभाइसमा आगामी २०२० को फेब्रुअरी १ बाट सपोर्ट बन्द हुनेछ ।

· त्यस्तै आइओएस सेभेनको सपोर्ट पनि फेबूअरी १, २०२० बाट बन्द हुनेछ ।

ह्वाट्सएपले भनेको छ, ‘यी प्लाटर्फमहरुले ह्वाट्सएपका फिचरहरु विस्तार गर्नका लागि आवश्यक क्षमता राख्दैनन् । यदि तपाइँले माथि उल्लेखित मध्ये कुनै मोबाइल डिभाइस बोक्नुहुन्छ भने नयाँ आइफोन अपरेटिंग सिस्टममा अपग्रेड गर्न वा नयाँ अपरेटिंग सिस्टम युक्त एन्ड्रोइड डिभाइसको प्रयोग गर्न सुझाव छ ।’ एजेन्सी

२०७५ असार २ गते १९:३६ मा प्रकाशित

प्रतिकृया दिनुहोस

यी हुन् ह्वाट्सएप सपोर्ट नगर्ने स्मार्टफोनहरु

मोबाइल फोन पड्किएर दुर्घटना भएका खबर सायद सुन्नुभएकै होला । कहिले कुनै नम्बरबाट फोन आएर मोबाइलको घण्टी बजिरहेको बेलामा त कहिले चार्ज गरिरहेको बेलामा

यी हुन् ह्वाट्सएप सपोर्ट नगर्ने स्मार्टफोनहरु

६ असार, काठमाडौं । सरकारले सेवा क्षेत्रका संस्था र उद्योगहरुको पनि गुणस्तर तोक्नेबारे छलफल थालेको छ । सेवा क्षेत्रमा विकृति मौलाएपछि गुणस्तरको

यी हुन् ह्वाट्सएप सपोर्ट नगर्ने स्मार्टफोनहरु

६ असार, काठमाडौं । सरकारले सेवा क्षेत्रका संस्था र उद्योगहरुको पनि गुणस्तर तोक्नेबारे छलफल थालेको छ । सेवा क्षेत्रमा विकृति मौलाएपछि गुणस्तरको